
भैरहवा, कात्तिक ३० । बन्दको असर रुपन्देहीमा पनि परेको छ ।
बिहानैदेखि भैरहवाको जनजीवन प्रभावित भएको छ । सार्वजनिक सवारीसाधनहरु कमै मात्र चलेका छन् ।
सार्वजनिक सवारीसाधन कम चल्दा यात्रुहरुलाई गन्तब्यमा पुग्न असहज भएको छ ।
भारतबाट बेलहिया नाका हुँदै भित्रिएका यात्रुहरुसमेत मर्कामा परेका छन् । भारतबाट आएका भारतीय मालवाहक सवारीसाधन पनि आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् ।
निजी सवारी साधनहरु भने फाट्टफूट्ट सञ्चालनमा आएका छन् । भैरहवाका विभिन्न चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्