
काठमाडौं, कात्तिक ३० । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच शिष्टाचार भेट भएको छ ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा मंगलबार भएको भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।
भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्