
काठमाडौं, कात्तिक ३० । पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोरोना संक्रमित थपिएका छन् ।
९ हजार १४९ जनामा कोरोना परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।
मंगलबार १७० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ रहेको छ ।
काठमाडौं उपत्यकामा १४५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १०१, ललितपुरमा ३३ र भक्तपुरमा ११ जना संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्