२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक


0
Shares

काठमाडौं, कात्तिक ३० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ खेल तालिका सार्वजनिक गरेको छ ।

नयाँ खेल तालिका सार्वजनिक गर्दै एन्फाले प्रतियोगिता अन्तर्गत सुरुआती दुई चरणको सम्पूर्ण खेल दशरथ रंगशालामा हुने जनाएको छ ।

यस अघि एन्फाले खेलहरु रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो । आउँदो शुक्रबारबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाईने एन्फाले जनाएको छ । उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु हुने छन् ।

कुल ९१ खेल हुने लिगमा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ’बी’ डिभिजनमा झर्ने छन् ।