
बझाङ, कात्तिक ३० । बझाङमा बर्षा र बाढीपहिरोका कारण कुनै पनि क्षति नबेहोरेका व्यक्तिहरुले पनि राहत पाएको खुलेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारीको कार्य कक्षमा भएको पत्रकार सम्मेलमा उक्त कुराको खुलेको हो ।
पुर्ण रुपमा घर क्षति भएकालाई मात्रै तत्काल सरकारले २० हजार जनही दिने निर्णय गरेको थियो । उक्त राहत अहिलेसम्म १ सय ९५ जनाले पाइसकेको पत्रकार सम्मेलन मार्फत प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुुभयो ।
तर सार्वजनिक भएको पीडितहरुको नामावलीमा घरमा कुनै क्षति नभएकाले समेत राहत पाएको र एउटै परिवारका दुई÷तीन जनाले समेत राहत पाएको खुलेको हो । यसको छानविन तत्कालै गरिने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
हालसम्म बझाङ जिल्लाभरीका १ सय ९५ जना पीडितलाई ७२ लाख ७० हजार रुपैयाँ उपलब्ध गराइ सकेको छ ।
प्रतिक्रिया दिनुहोस्