
काठमाडौं–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाउनु भएको छ ।
प्रदेश सभाको बैठकमा आज भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्नुभएको हो । ९२ सदस्यीय प्रदेश सभामा भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।
त्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनभएको थियो । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहनुभएका राई कांग्रेस सहित ५ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो ।
विश्वसको मतका लागि एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्