१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ : वरिष्ठ अधिवक्ता थापा


0
Shares

काठमाडौं, मंसिर १ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताउनुभएको छ ।

बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताउनुभएको हो । उहाँले नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता थापाले कानून व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताउनुभयो । केही न्यायाधीशहरु इजलाश बस्न लागेको तर्फ इंकित गर्दै उहाँले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने बताउनुभयो । प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलाशमा बस्ने न्यायाधीश दुषित भएको टिप्पणी गर्नुभयो । उहाँले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरुलाई आग्रह पनि गर्नुभयो ।

उहाँले आफुहरु भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पार्नुभयो । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफुहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दैगर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरुलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानून व्यवसायीहरुले भ्रष्टाचार गरे नगरेको सम्बन्धमा छानविन गर्न चुनौति दिनुभयो । उहाँले सिरकभित्र टाउको नलुकाई बारको आन्दोलनमा ऐक्यवद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

नेपाल बार एसोसिएसनले आज (बुधवार) पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । बारले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराभने बैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गर्नुभएको थियो । प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको बारले प्रधानन्यायाधीशको राजिनामा नआउञ्जेलसम्म आन्दोलनलाई अझ सशक्त र देशभर फैलाएर लैजाने बताएको छ ।