१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


नेप्से २८ सयमाथि, कारोबार साढें ७ अर्ब नजिक


0
Shares

काठमाडौं, मंसिर १ । बुधबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।

मंगलबार उच्च अंकको उछाल आएको बजारमा बुधबार भने नेप्से जम्मा १६ अंकले उकालो लागेर २८ सय पुगेर थामियो ।

यस दिन कारोबार पनि सुधारिएर साढें ७ अर्ब नजिक पुग्यो । यस दिन बढीजसो समूह सकारात्मक रहे ।

यस दिन अन्य समूहमा सबैभन्दा उच्च १ सय अंक बढीको बृद्धि आयो । जलविद्युत, होटल तथा पर्यटन, वित्त र व्यापार समूह दोहोरो अंकले उकालो लाग्दा लघुवित्त र वाणिज्य बैंक समूह पनि सामान्य अंकले सुधारिए ।

उत्पादनमूलक, विकास बैंक, जीवन बीमा समूह दोहोरो अंकले झर्दा निर्जीबन बीमा, सामुहिक लगानी कोष र लगानी समूह सामान्य अंकले रातो रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ७ अर्ब ४० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।