२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वायू प्रदुषण बढेसँगै भारतको नयाँ दिल्लीमा शिक्षण संस्था बन्द


0
Shares

एजेन्सी । वायू प्रदुषण भएसँगै भारतको नयाँ दिल्लीमा शिषण संस्थाहरु बन्द गरिएको छ ।

अत्याधिक वायू प्रदुषण भएसँगै अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गरिएको त्यहाँको सरकारले जनाएको छ । त्यसैगरी अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाट बाहिर नजान पनि स्थानीय प्रशासनले अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै सकेसम्म घरबाटै काम गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ । वायू प्रदुषण अत्यधिक बढेसँगै दिल्लीमा ठूला मालबाहक सवारीसाधन प्रवेशमा पनि रोक लगाइएको छ । अत्याधिक भारबहन भएका सवारीसाधनलाई यही नोभेम्बर २१ सम्म राजधानी प्रवेश गर्न पाउने छैनन् ।

संसारका प्रदुषित सहरमध्ये भारतको नयाँ दिल्लीमा करिब दुई करोड मानिसको बसोबास रहेको बताइएको छ । नयाँ दिल्लीमा हरेक वर्ष जाडोयाम सुरु भएसँगै लाग्ने बाक्लो तुवाँलोका कारण वायु प्रदुषण हुने गरेको छ । गत शनिबार दिल्ली राज्य सरकारले प्रदुषण बढेको भन्दै एक साताका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

तर आज फेरि तुवाँलोको मात्रा बढेर प्रदुषण बढसँगै अर्को सूचना जारी नभएसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिएको हो । स्थानीय प्रशासनले दिल्ली आसपासमा सञ्चालनमा रहेका पाँच वटा कोइलाबाट सञ्चालित पावर प्लाण्टहरु अस्थायी रुपमा बन्द गरिएको छ । यस्तै सरकारी कार्यालयमा पनि ५० प्रतिशत कर्मचारी मात्र उपस्थित भएर काम गर्न थालिएको छ ।