
काठमाडौं, मंसिर १ । ए डिभिजन क्लब हिमालयन शेर्पाको मुख्य प्रायोजकमा नेपाल रहने भएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच हिमालयन शेर्पा क्लबले नेपाल आईससँग मुख्य प्रायोजनको सम्झौता गरेको हो ।
हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र नेपाल आइसका बिजिनेस हेड प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार हिमालयन शेर्पालाई नेपाल आइसले एक वर्षको लागि प्रायोजन गर्नेछ । प्रायोजन रकम भने खुलाइएको छैन । यस्तै हिमालयन शेर्पा क्लबले स्पोटर््स किट्स पार्टनरको रुपमा खेलकुद पोसाक कम्पनी केटीएम सिटीसँग समझदारी गरेको छ ।
आउँदो शुक्रबारबाट सुरु हुने ए डिभिजन लिग अन्तर्गत् हिमालयन शेर्पाले शनिबार संकटा क्लवसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्