२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुदूरपश्चिमबाट १६४ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट


0
Shares

कैलाली, मंसिर १ । नेकपा एमालेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १ सय ६४ महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

१६ संघिय निर्वाचन क्षेत्रलाई आधार मानेर ९ जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको थियो ।

१६ मध्ये १४ निर्वाचन क्षेत्रमा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा चुनाव मार्फत प्रतिनिधि छनोट गरिएको एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।