
काठमाडौं, मंसिर १ । नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतिमा निर्माण हुने बताउनु भएको छ ।
महासचिव पोखरेलले पार्टीको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल नबन्ने दावी समेत गर्नु भयो ।
बुधबार काठमाडौंमा आयोजित ‘पार्टीको १० आंै राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमूखिकरण’ कार्यक्रममा उहाँले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिष्ट नबाँडने बताउनुभयो । उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि प्यानलको लिष्ट बाँडेर महाधिवेशनको निर्वाचनमा सामेल हुने पक्षमा आफूहरु नरहेको तर्क गर्नुभयो ।
महासचिव पोखरेलले महाधिवेशनमा लाखौंको संख्यामा जनसहभागिता हुने दावी समेत गर्नुभयो । उहाँले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्