२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वायू प्रदूषणले सिमा नाघेपछि दिल्लीका विद्यालय तथा कलेजहरु बन्द


0
Shares

एजेन्सी । वायू प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा कलेजहरू आजबाट अनिश्चित कालका लागि बन्द गरिएको छ ।

यातायात र सुरक्षा बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ । सहरमा रहेका कोइलामा आधारित ११ मध्ये पाँचवटा पावर प्लान्टलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । तिहार अर्थात दिवाली पर्वदेखि नै दिल्लीलाई विषाक्त धुवाँले ढाकेको छ ।

वायुको गुणस्तरको तह मापन गर्ने पीएम २.५ विश्व स्वास्थ्य संगठनको सुरक्षा निर्देशिकाभन्दा धेरै नै उच्च भएको छ । मंगलबार कतिपय स्थानमा वायु प्रदूषणको तह ४०० भन्दा माथि पुगेको बताइएको छ, जुन मानव स्वास्थ्यको लागि गम्भीर अवस्था हो । गाडिजन्य र औद्योगिक उत्सर्जन, धुलो र मौसमको अवस्थाको मिश्रित कारणहरूले दिल्लीलाई विश्वकै सबैभन्दा प्रदूषित राजधानी बनाएको छ ।

छिमेकी राज्यहरूमा किसानले पराल जलाउने भएकाले विशेषगरी हिउँद याममा हावा विषाक्त हुने गर्छ । पन्जावमा किसानहरुले पराल बाल्दा निस्किएको धुवाँको सतह पनि अघिल्ला वर्षहरुभनदा उच्च छ । दिल्ली सरकारले प्रदुषण नियन्त्रणको लागि पूर्ण लकडाउनको बिकल्पमाथि छलफल गरिरहेको जनाएको छ ।