
काठमाडौं, मंसिर २ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, वरिष्ठ अधिवक्ताहरु कपिल पोखरेल, रमण कर्ण, गोपाल सापकोटा लगायतमाथि प्रहरीले हातपात गर्दा घाइते भएका छन् ।
काठमाडौं, मंसिर २ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित नेपाल बारसहितका कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।
सो क्रममा प्रहरी र कानून व्यवसायीबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका कानुन व्यवसायीहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल भएको हो ।
सो क्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका सचिव ऋषिराम घिमिरे, वरिष्ठ अधिवक्ताहरु कपिल पोखरेल, रमण कर्ण, गोपाल सापकोटा लगायत केही घाइते भएका छन् । केही दिनयता कानून व्यवसायीहरुको धर्ना छल्दै प्रधानन्यायाधीश जबरा बैकल्पिक गेटबाट अदालत प्रवेश गर्दै आउनु भएको छ ।
सर्वोच्च अदालत परिसरमा आज अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ ।
बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो । भोलिसम्ममा जबराले राजीनामा नदिए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने बारको निर्णय छ ।
प्रतिक्रिया दिनुहोस्