
वीरगञ्ज, माघ २ । लागूऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि वीरगञ्जमा निशुल्क कानूनी तथा मनोसामाजिक परामर्श केन्द्रको स्थापना भएको छ ।
नेपालमै पहिलो पटक स्थापना भएको परामर्श केन्द्रको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त रुपमा गरे ।
उद्घाटनमा प्रहरी महानिरीक्षक खनालले लागूऔषध प्रयोगकर्तालाई दण्ड नभई परामर्श दिनुपर्ने बताए ।
लागूऔषध विकराल सामाजिक समस्या बन्दै गएकाले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान शुरु गरेको खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्