२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शिख धर्मावलम्बिहरुले मनाउँदै गुरु नानक जयन्ती


0
Shares

काठमाडौं, मंसिर ३ । आज दिन गुरु नानक जयन्ती ।

विश्वभरि छरिएर रहेका शिख धर्मावलम्बिहरुले गुरुद्वारा गएर पूजा आराधाना गरेर मनाइरहेका छन् ।

आजको दिन शिख धर्मावलम्विहरुले गुरु नानकको जन्मदिन पनि हो ।

शिख धर्मावलम्बिहरुले गुरुद्वारा मठहरुमा गएर पूजा आराधाना गरेर मनाइरहेका छन् । शीख समुदायले आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरुपर्व भनेर पनि मनाउने गर्दछन् ।

नेपालमा अल्पसंख्यक समुदायमा पर्ने शीखहरुको गुरुद्वारा मठ नेपालमा पनि उल्लेख्य संख्यामा रहेका छन् ।

ललितपुरको कुपण्डोलमा गुरुद्वारा र काठमाडौंको पशुपति तथा म्हहिपीमा गुरुनानक मठ रहेको रहेको छ । आज गुरुद्वारा तथा मठहरुमा शिख धर्मावलम्विहरुको पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिब पढ्ने पढाउने गरिन्छ ।

गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । गुरुनानकलाई मानवता धर्म र सर्वशक्तिमान इश्वर एक मात्र छन् भन्ने धार्मिक दर्शनका प्रवर्तक मानिन्छ ।