२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


डडेल्धुराको उग्रतारा मन्दिरमा मेला, दर्शनार्थिको घुईचो


0
Shares

डडेल्धुरा, मंसिर ३ । डडेल्धुरामा रहेको प्रसिद्ध शक्तिपीठ उग्रतारा भवगती मन्दिरमा मेला लागेको छ ।

गत बर्ष कोरोनाका कारण मेला भर्न आउनेको संख्या कम भए पनि यस बर्ष भने दर्शनार्थिको घुईचो लागेको छ ।

उग्रतारा मन्दिर सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठको रुपमा मानिन्छ । उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला देहिजाँत भर्नको लागि सुदुरपश्चिमलगायत छिमेकी मुलुक भारतबाटसमेत भक्तजनहरु आउने गर्छन् ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्ने गर्छ । सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा दर्शन गर्दा सन्तान प्राप्तीसंगै आफ्नो मनोकांक्षा पुरा हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो ।