१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025


२९६ संक्रमित थपिँदा ५ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर ३ । देशभर पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९७२ जनाको कोरोना परिक्षण गर्दा पीसीआर परीक्षणबाट २६१ र एन्टीजेन्ट विधिबाट २५ जनामा कोरोना पुष्‍टि भएको छ ।

गत २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ४९४ जनाको मृत्यु भइसकेको छ ।

देशभर ७ हजार ५३९ सक्रिय संक्रमित रहेका छन् ।