१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


मेलौली मन्दिरको जात्रा सकियो


0
Shares

बैतडी, मंसिर ३ । बैतडीको मेलौली नगरपालिका १ मा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ ।

बिहीबारदेखि सुरु भएको जात्रा शुक्रबार सकिएको हो । मेलौली भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा लाग्ने गर्दछ ।

गत वर्ष कोरोना कहरका कारण नित्य पूजामा मात्रा सीमित भएको भएपनि यो वर्ष भने भव्य रुपमा सम्पन्न भएको हो । उक्त मेलामा बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका दर्शनार्थी आएका छन् । यसका साथै छिमेकी मुलक भारतबाट पनि दर्शनार्थी आएका हुन् ।

मेलौली भगवती मन्दिरमा पशुबलिसहित जात्रा सम्पन्न भएको हो । मन्दिरमा हजारौं दर्शनार्थी सहभागी रहेको थियो । मेलालाई व्यवस्थित बनाउन मदिरा निषेधित गर्नुका साथै सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

मेलाकै लागि भनेर मेलौली नगरपालिकाले बिहीबार र शुक्रबार सार्वजनिक बिदा समेत दिएको थियो ।