२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पार्टी अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गर्ने : भट्टराई


0
Shares

काठमाडौं, मंसिर ३ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले विगतका महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पु¥याएको भन्दै गुटबन्दीबाट बचाउन दशौं महाधिवेशनमा पार्टी नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताउनुभयो ।

सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधि जो कोहीले पनि नेतृत्वको दावी गर्न पाउने नेता भट्टराईको भनाइ थियो ।

पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेता रहेको उल्लेख गर्दै उहाँले महाधिवेशनले सबैको सम्मानजनक व्यवस्थापन गर्ने बताउनुभयो ।