१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीशद्वारा वार्ताको आव्हान गर्दै बारलाई पत्र, गतिरोध अन्त्यका लागि आफू तयार


0
Shares

काठमाडौं, मंसिर ३ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फेरि पनि वार्ताको लागि आहवान गर्दै नेपाल बार एशोसियशनलाई पत्र पठाउनुभएको छ ।

प्रधानन्यायाधीश राणाले वार्ता र संवादबाट न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि आफु तयार भएको भन्दै जुनसुकै बेला वार्ता लागि प्रस्ताब गर्नुभएको छ ।

नेपाल बारका उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीश राणाले वार्ताको आहवान गर्दै पत्र पठाएको जानकारी गराउँदै न्यायालय सुद्धीकरणको लागि सहयोग गर्न आफु तयार भएको भन्दै संवाद र छलफलबाटै समस्याको समाधान खोज्नुपर्ने पत्रमा उल्लेख रहेको जानकारी दिनुभयो ।