
काठमाडौं, मंसिर ३ । शुक्रबार (आज) सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लागेको छ ।
पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लागेको थियो ।
शुक्रबार दिउँसो १ बजेर ३ मिनेटबाट अपराह्न्न ४ बजेर ३२ मिनेटसम्म लागेको चन्द्र ग्रहणले चन्द्रमाको ९७ प्रतिशत भाग ढाकेको थियो ।
यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । अब यति लामो चन्द्र ग्रहण ८ फेबु्रअरी २६६९ मा मात्र लाग्नेछ ।
शुक्रबार लागेको चन्द्रग्रहण नेपाली आकाशबाट भने देखिएको थिएन् । नेपाली आकाशमा नदेखिएका हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो ।
एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट यो ग्रहण देखिएको थियो । सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्दा चन्द्र ग्रहण लाग्दछ ।
प्रतिक्रिया दिनुहोस्