१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताइवानले सर्वाजनिक गर्‍यो नयाँ लडाकु विमान


0
Shares

एजेन्सी । ताइवानले आफ्नो रक्षा गर्न सक्ने नयाँ लडाकु विमान सार्वजनिक गरेको छ । अपग्रेड गरिएका एफ–१६ लडाकु विमानले चीनको संभावित आक्रमण सामना गर्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

पाइलटहरूले दक्षिण–पश्चिम तटस्थित चियाई नामक हवाड अड्डाको आकाशमा अपग्रेड गरिएका एफ–१६ लडाकु विमान उडाएका थिए । उडानका क्रममा भाइपर लडाकु विमानको सैन्य क्षमता प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा २ दर्जनभन्दा बढी एफ–१६ भी सहभागी भएको जनाइएको छ ।

सन १९९० को दशकमा अमेरिकासँग खरिद गरिएका पुराना एफ–१६ लडाकु विमानलाई अपग्रेड गरेर ताइवानले भाइपर विमान बनाइएको हो । ताइवानको न्यूज एजेन्सी (सीएनए) का अनुसार अपग्रेड गरिएका विमानमा अत्याधुनिक राडार सिस्टम र नयाँ ‘मिशन कम्प्युटर’ जडान गरिएको छ ।

सन् २०२३ सम्ममा १४१ वटा एफ–१६ विमानलाई अत्याधुनिक प्रविधिसहित अपग्रेड गरिने समाचारमा उल्लेख गरिएको छ । यसबाहेक, ताइवानले अमेरिकी निर्माता कम्पनी लकहिड मार्टिनबाट ६६ वटा नयाँ एफ–१६ भाइपर लडाकु विमान खरिद गर्दैछ ।

२०२३ सम्ममा ती विमान ताइवानमा आउने सिएनएले जनाएको छ । पछिल्लो समय ताइवानले चीनबाट बढ्दै गएको खतराबीच आफ्नो सैन्य शक्ति सुदृढ तथा विस्तार गर्न थालेको छ । यसै अक्टोबरमा बेइजिङले ताइवान नजिकै १५० वटा लडाकु विमान पठाएको थियो ।

लगत्तै ताइपेइले चिनियाँ विमानको निगरानी गर्न आफ्नो हवाइ प्रतिरक्षा प्रणाली सक्रिय पार्दै चेतावनी दिएको थियो ।