१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ : मन्त्री पौडेल


0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औं साधारणसभा तथा ७ औं केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।

बालबालिकालाई शिक्षण संस्थाले प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले प्रविधिको क्षेत्रमा मन्त्रालय लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

बालबालिकालाई सक्षम नागरिक बनाउन सेतो गुराँसले महत्वपूर्ण योगदान गरेको भन्दै मन्त्री पौडेलले दीगो विकासका लक्ष्य हासिल गर्न तथा बालबालिकालाई सक्षम र सबल बनाउन मन्त्रालय सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

शिक्षामा लगानी गर्दै आइरहेको सेतो गुराँसले बालबालिकालाई आधारभूत शिक्षा दिँदै आएकाे छ ।