५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य तत्काल थालिने


0
Shares

काठमाडौं, मंसिर ४ । नदी कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य तत्काल थालिने भएको छ ।

नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो ।

सो विषय अध्ययनका लागि नेपाल–भारतका अधिकारीहरुले स्थलगत भ्रमण गरेका छन् । जलस्रोत तथा सिंचाइ विभागका प्रवक्ता कृष्णप्रसाद नेपालले भारतीय पक्षले पहिचान गरेका समस्यालाई आफुहरुले स्थलगत भ्रमण गरेर प्रमाणित गरेको भन्दै मर्मतको सम्पूर्ण काम भारतले नै गर्ने जानकारी दिनुभयो ।

भारतीय पक्षको नेतृत्व भने गंगा नदी बाढी नियन्त्रण आयोजनाका प्रमुख सीके एल.दासले गर्नु भएको थियो । उहाँले फिल्डमा पुगेर वस्तुस्थिति अध्ययन गरिएकाले तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाउन सहज हुने बताउनुभयो ।

टोलीमा नेपालको तर्फबाट विपद् व्यवस्थापन महाशाखासहित भू–आर्जन कार्यालयका पदाधिकारीसहित सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सहभागी हुनुहुन्थ्यो ।