२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


‘बिरामीको आवश्यकता अनुसार रगत आपूर्ति हुन सकेन’


0
Shares

काठमाडौं, मंसिर ४ । नेपालमा बिरामीको आवश्यकता अनुसार रगत आपूर्ति हुन नसकेको सरोकारवालाहरुले जनाएका छन् ।

रक्तदान गर्ने विभिन्न संघसंस्थाहरुको छाता संगठन ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को २४ औं साधारणसभामा सहभागी सरोकारवालाहरुले बिरामीको आवश्यकता अनुसार आवश्यक रगत आपूर्ति हुन नसकेको जनाएका हुन् ।

नेपालमा हाल औसत दैनिक ४ सयदेखि साढे चार सय युनिट रगत माग हुने गरेको भएपनि तीनदेखि साढे तीनसय युनिट रगतमात्र उपलब्ध हुने गरेको ब्लोदानका केन्द्रीय कोषाध्यक्ष मनाकाजी महर्जनले जानकारी दिनुभयो ।

कोरोना महामाहीका कारण भएको लकडाउन अवधिभन्दा पछिल्लो समय रक्तदान गर्नेहरुको संख्यामा वृद्धि हुन थालेको कोषाध्यक्ष महर्जनको भनाइ छ । अझैपनि रक्तदान बारे प्रयाप्त जनचेतना अभाव हुँदा अपेक्षाकृत रगत संकलन गर्न समस्या रहेको यस क्षेत्रमा कार्यरतहरु बताउँछन् ।

संस्थाको बार्षिक साधारणसभा एंव १० औं महाधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । रगत प्राप्तकर्तालाई सहज बनाउन,रक्तदान कार्यक्रम,रक्तउत्प्रेरणा कार्यक्रम आयोजना तथा समन्वय गर्न र रक्तसेवामा संलग्न सरोकारवाला संस्थाहरुलाई सेवा प्रवाह गर्न ब्लोदानले भूमिका निर्वाह गरिरहेको छ ।