९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हिमपातले रसुवाको जनजीवन कष्टकर (तस्बीरहरु)


0
Shares

रसुवा, माघ ३ । वर्षा भएसँगै रसुवालगायतका उच्च हिमाली भूभागमा बाक्लो हिमपात भएको छ ।

पर्यटकीय क्षेत्र लाङटाङ क्यान्जिङ तथा गोसाँईकुण्ड क्षेत्रमा तीनफीट भन्दा बढी हिमपात भएको स्थानीयले बताएका छन् ।

जिल्लाको उत्तरी भेग धुन्चेको लेक, चोलाङपाटी, लौरीबिना, नागथली, चन्दनबारी तथा गत्लाङ लगायतका स्थानमा हिमपात बढी भएकोे छ । हिमपातले कतिपय ठाउँको यातायात सेवा अवरुद्ध बनेको छ ।

हिमपात र वर्षाको कारण अत्याधिक चिसो भएपछि जनजीवन प्रभावित भएको छ ।