९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बाथरुममा डुबेर एक वर्षीया बालिकाको मृत्यु


0
Shares

जलेश्वर, माघ ३ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार दिउँसो स्नानगृह (बाथरुम) मा डुबेर एक दूधे बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक वर्षीया आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा पसेपछि बाथरुममा राखिएको पानी भरेको बाटामा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । रासस