
बर्दिया, माघ ३ । बर्दियाको राजापुर १० कोठिययाघाटमा विङ्गर जीप र टेम्पो ठोकिदाँ पाँचजना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका मध्ये एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय राजापुरले जनाएको छ । राजापुरबाट नेपालगञ्ज जाँदै गरेकोे जीप र राजापुर आउदै गरेको टेम्पु कोठियाघाट पुलको मोडमा ठोक्किा हुन् ।
दुर्घटनामा टेम्पो चालक गेरुवाका नरवहादुर बोेहोरा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । घाइतेहरुको गुलरीयामा उपचार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्