
काठमाडौं, मंसिर ५ । आइतबार सुनचाँदीको भाउ ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार एक सयले ओरालो लागेर ९४ हजार ४ सयमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० मा कारोबार भैरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय ५४ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्