
काठमाडौं, मंसिर ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वका क्रममा भएका कमी कमजोरीको छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भएको छ ।
नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच युद्ध अन्त्य गर्नका लागि गरिएको विस्तृत शान्ति सम्झौता १५ वर्ष पूरा भएको अवसरमा आज विज्ञप्ति जारी गरि अध्यक्ष दाहालले सशस्त्र युद्धबाट भएको राजनैतिक उपलव्धीप्रति गर्व गर्दै कमजोरीको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताउनु भएको हो ।
पीडितहरुलाई परिपुरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानविनको प्रक्रिया टुङ्गोमा पु¥याई समाजमा मेलमिलाप कायम गर्ने काम बाँकी नै रहेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियाको मामिला सरकारको मात्र नभई राज्यकै हो भन्दै यस विषयमा सत्ता र प्रतिपक्ष एकमत रहेको पनि बताउनु भएको छ ।
बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष दाहालले शहीद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संसदको आगामी अधिवेशनबाट टुंगोमा पु¥याउने पनि बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयक परिमार्जन गर्ने र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्