
काठमाडौं, मंसिर ५ । पछिल्लो २४ घण्टामा देशभर २३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२३ नमुनाको परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत २४ घण्टाम कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।
आइतबार ३७० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ७ हजार १६४ योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्