
सुर्खेत, मंसिर ५ । सुर्खेत विमानस्थल मंसिर १० गतेदेखि बन्द हुने भएको छ ।
विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।
धावनमार्ग मर्मतका लागि विमानस्थल १० गतेदेखि माघ दोस्रो सातासम्म बन्द हुनेछ ।
सुर्खेत विमानस्थल बन्द हँदा वायुसेवा कम्पनीहरुले नेपालगञ्जको विमानस्थललाई वैकल्पिक रुपमा प्रयोग गर्ने छन् ।
विमानस्थल बन्द हुदा कर्णाली प्रदेशका हिमाली जिल्ला तथा काठमाडौंसँगको सिधा हवाइ सम्पर्क बिच्छेद हुनेछ ।
प्रतिक्रिया दिनुहोस्