१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


खेलमा भन्दा गाँसको खोजीमा ध्यान बढी दिँदा खेल क्षेत्रको विकास हुन सकेन : ओली


0
Shares

काठमाडौं, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले खेलमा भन्दा बाँच्नका लागि गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्र विकास हुन नसकेको बताउनुभएको छ ।

एमाले निकट नेपाल खेलकुद महासंघले आज गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफ्नो क्षेत्रमा बढी लगाव, अभ्यास र अध्ययनबिना प्रगति हुन नसक्ने भन्दै उहाँले खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बासको चिन्ता लिनपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

हरेक मौसममा सबै खेल खेल्न र अभ्यास गर्ने नेपालको भौगोलिक वातावरण रहेको भन्दै अध्यक्ष ओलीले विद्यालय तहबाट पाठ्यक्रममा खेललाई समेटिनुपर्नेमा जोड दिनुभयो ।

खेलकुद क्षेत्रका विज्ञहरुसँग परामर्श गरेर खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन उहाँले महासंघका पदाधिकारीलाई निर्देशन दिनुभयो ।