१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मुलुकभरका उच्च अदालतमा विरोध

गोला प्रथाबाट पेशी तोक्ने विषयमा सर्वोच्चको फूलकोर्ट बैठक जारी

0
Shares

काठमाडौं, मंसिर ८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएशनले बुधबार मुलुकभरका १८ उच्च अदालतमा विरोध प्रदर्शन गरेको छ ।

उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घण्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रम गरेको हो ।

करिब एक महिनादेखि चलिरहेको बारको आन्दोलनअन्तर्गत बुधबार उच्च अदालतहरूमा प्रदर्शन गरिएको हो । सर्वोच्च अदालतमा धर्नासहित उच्चमा पनि आन्दोलनका कार्यक्रम विस्तार गरिएको बारले जनाएको छ ।

बारले सर्वोच्च अदालतमा नारा जुलुससहित धर्ना दिएको छ । बारले विरोध प्रदर्शनलाई सशक्त बनाउन मुलुकभरका उच्च अदालतमा प्रतिनिधि खटाएको छ ।

उच्च अदालत पाटनमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ आँफै पुग्नु भएको थियो । यसैबीच गोला प्रथाबाट पेशी तोक्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीश राणाबाहेकका १९ न्यायाधीहरु सम्मिलित सर्वोच्च अदालतको फूलकोर्ट बैठक बसिरहेको छ । पेशी तोक्ने विषयमा सर्वोच्चको नियमावली संशोधन भएपछि फूलकोर्ट बैठक बसेको हो ।