
काठमाडौं, मंसिर ८ । मंगलबार दोहोरो अंकले झरेको शेयर बजार बिहीबार केही सम्हालियो ।
उतार चढावबीच बजार परिसूचक नेप्से करिब २ अंकले हरियो रहेर २७ सय ३५ कायम भएर थामियो । कारोबार पनि सामान्य सुधारिएर सवा ४ अर्ब नजिक पुग्यो ।
लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरिरहको विश्लेषण गरिएको छ । जीवन बीमा, व्यापार र वाणिज्य बैंक समूह बाहेक अरु समूह सकारात्मक रहे । जीवन बीमा र व्यापार समूहमा दोहोरो अंकको गिरावट आउँदा वाणिज्य बैंक सामान्य अंकले रातो रहेको हो ।
विकास बैंक, वित्त, निर्जीबन बीमा, उत्पादनमूलक र जलविद्युत समूह दोहोरो अंकले सकारात्मक रहँदा अरु समूह सामान्य अंकले मात्र हरियो रहेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको साढें ७४ लाख कित्ता शेयर ४ अर्ब २२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय २ कम्पनीको शेयर मूल्य बढ्दा ७६ को घट्यो भने ९ को स्थीर रहेको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्