
काठमाडौं, मंसिर ८ । अर्थमन्त्री जनार्दन शर्माले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ ।
पार्टी निकट शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै मन्त्री शर्माले पढ्ने जनशक्ति निर्माण गर्ने र उनीहरूको श्रम प्रयोग गरेर उत्पादन बनाउनुपर्ने बताउनुभयो ।
विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने भन्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताउनुभयो ।
यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उहाँको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उहाँले बताउनुभयो ।
मन्त्री शर्माले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको भन्दै मेगा विद्यालय र शैक्षिक प्रविधिमा आधारित शिक्षा प्रणाली अपनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्