१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025


३३२ संक्रमित थपिँदा २३२ संक्रमणमुक्त


0
Shares

काठमाडौं, मंसिर ८ । नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ ।

बुधबार २३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ७ हजार ३६९ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ७ हजार ५९० पीसीआर तथा २ हजार ३३० एन्टिजेन परीक्षण भएको हो ।