
काठमाडौं, मंसिर ९ । बार एशोसिएसन र सर्वोच्च बारका पदाधिकारीले प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणासँग बेञ्च सेयर नगर्न असन्तुष्ट १९ जना न्यायाधीशलाई दवाव दिएका छन् ।
बारका पदाधिकारी र सर्वोच्चका न्यायाधीशहरुबीच आज भएको छलफलमा बारका पदाधिकारीले प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन जारी रहेकाले बेञ्च सेयर नगर्न न्यायाधीशहरुलाई दवाव दिएका हुन् ।
उनीहरुले राजीनामाको माग गर्दै सर्वोच्चमा एक महिनादेखि आन्दोलन जारी राख्दा पनि प्रधान्याधीश राणाले राजीनामा नदिएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेर भएपनि थप दवाव दिनुपर्ने बताएका हुन् ।
छलफलमा न्यायाधीशहरुले आफूहरु बारको आन्दोलनको पक्षमा रहेपनि सेवाग्राहीको अधिकारका लागि इजलाश फर्किएको बताएका थिए । उनीहरुले आन्दोलनका नाममा लामो सयम अदालतका कामकारवाही प्रभावित पार्न नहुने भएकाले इजलाशमा सहभागी भएको बताएका छन् ।
न्यायाधीशहरुले अदालतको सेवालाई निरन्तरता र प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनलाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्