
नवलपुर, मंसिर ९ । नवलपुरमा खाना महोत्सव हुने भएको छ ।
विभिन्न जात जातीका खानाबारे जानकारी गराउने उद्देश्यले यहि पुस–८ गते खाना महोत्सव हुने भएको हो ।
नवलपुर होटल व्यवसायी संघले बिहीबार पत्रकार सम्मेलन गरि पुस ८ देखि १७ गतेसम्म कावासोतीमा महोत्सव आयोजना हुने जनाएको छ ।
नवलपुरको पर्यटन विकास र यहाँका जात जातिको खानाको महत्वबारे जानकारी गराउने मुख्य महोत्सवको मुख्य उद्धेश्य रहेको नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाले जानकारी दिनुभयो ।
२ सय स्टल रहने महोत्सवमा २ करोड रुपैयाँ बढीको कारोवार हुने विश्वास गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्