२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


भुपेन्द्र बडुवाल हत्या अभियोगमा होटल सञ्चालक पक्राउ


0
Shares

कैलाली, मंसिर ९ । कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवाल हत्याकाण्डको अनुसन्धानमा जुटेको प्रहरीले दुईवटा पेस्तोल र दुईवटा मोटरसाइकलसहित एक जना रिर्सोट सञ्चालकलाई पक्राउ गरेको छ ।

टीकापुरस्थित घटनास्थल नजिक रहेको सिद्धार्थ होटलबाट दुई वटा पेस्तोल बरामद गरिएको हो ।

होटलको कोठामा रहेको शौचालयमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद गरीएकोे प्रहरीले जनाएको छ । यस्तै बर्दियास्थित रोयल एडभेन्चर रिसोर्टबाट दुई वटा मोटरसाइकल बरामद गरीएको छ ।

रसोर्टका सञ्चालक अतिश थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । भुपेन्द्र हत्या अनुसंधानमा नेपाल प्रहरीको सीआइबी टोली, प्रदेश र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली खटिएको छ । हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ । उनीहरुमध्ये १० जना पक्राउ परिसकेका छन् ।