९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


चुनावपछि एमाले चोइटिन्छ : अध्यक्ष नेपाल


0
Shares

सुर्खेत, मंसिर ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमाले चोइटिएर जाने दाबी गर्नुभएको छ ।

कर्णाली प्रदेश कमिटीको प्रदेश बैठक र अगुवा कार्यकर्ता भेलालाई सुर्खेतमा सम्बोधन गर्दै उहाँले चुनावपछि एमालेको अवस्था विचरा हुने टिप्पणी गर्नुभयो ।

चितवनको महाधिवेशनमा झण्डा गैडाको हातमा पुगेको र अबको केहि समयमा झण्डा बादरको हातमा पुग्ने उहाँको भनाई छ ।

एमालेमा कम्युनिस्टको झन्डा बोक्न अब किसान, मजदुर नभएको र वैचारिक आउको उहाँको आरोप छ ।