
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु शुक्रबारबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट दोस्रो चरणको खेल सुरु हुने बताएको हो ।
दोस्रो चरणको पहिलो दिन दुई खेल हुने एनफाले जनाएको छ । पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री–स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्डस क्लब भिड्नेछन् ।
पहिलो चरणको खेल सकिदा चार टिमले शतप्रतिशत जित निकालेका छन् भने ६ टिम बराबरीमा रोकिएका छन् ।
चार टिमले पहिलो चरण यात्रामा हार ब्यहोरेका छन् । पहिलो चरणको खेल सकिदा अंक तालिकामा थ्रीस्टार क्लव शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्