९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रदेश ५ सरकारद्धारा ४९ वटा विधेयक पारित


0
Shares

बुटवल, माघ ५ । प्रदेश ५ प्रदेशसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु भएको छ ।

सांसदलाई बिजनेश दिन नसक्दा लामो समयदेखि सुरु हुन नसकेको अधिवेशन चार महिनापछि सुरु भएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबारका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेशसभाको चौथौं अधिवेशनसम्म ४९ वटा विधेयक पारित भएका थिए । बैठकमा सांसदहरुले नागरिकका सरोकारका विषयमा प्रश्न उठाएका थिए ।