९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेपाल राष्ट्र बैंकद्धारा पाँच महिनाको तथ्याकं सार्वजानिक : निर्यातमा वृद्धि


0
Shares

काठमाडौं, माघ ५ । नेपाल राष्ट्र बैंकले निर्यातमा वृद्धि भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ५ महिनाको आर्थिक तथा वित्तिय स्थिति सार्वजानिक गर्दै ५ महिनाको अवधिमा निर्यातमा २७ प्रतिशतले वृद्धि भई आयात ४.२ प्रतिशतले कमी आएको जनाएको हो ।

यस अवधि सम्ममा निर्यात वृद्धि ४७ अर्ब ६२ करोड पुगेको छ भने ५ खर्ब ८१ अर्ब आयात भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा आयात ३४.२ प्रतिशतले बढेको थियो ।

यस अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले घटेर ५ खर्ब ३३ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले बढेको थियो । यस वर्ष आयातमा कमी आउदा चालु खाता घाटामा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा चालु खाता घाटा ७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब १९ अर्ब ३३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यस अवधिमा शोधनान्तर स्थिती २३ अर्ब ३० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिती ८५ अर्ब ३२ करोड घाटामा रहेको थियो । समिक्षा अवधिमा विप्रेषण आप्रवाहमा पनि वृद्धि आएको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा ०.१ प्रतिशतले बढेर ३ खर्ब ७६ अर्ब ९९ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा ३१.९ प्रतिशतले बढेको थियो । अघिल्ला ३ महिना विप्रेषण आप्रवाहमा कमी आएको थियो ।