
काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम शुरु भएको छ ।
महाधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चमा पुगिसक्नुभएको छ ।
यसैगरी उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुग्नुभएको छ ।
त्यसै गरी एमालेका अरु शीर्ष नेता र बिभिन्न राजनीतिक दलका नेताहरु पनि उद्घाटन स्थलमा पुगेका छन् ।
उद्घाटन कार्यक्रम चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्