२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस कास्कीमा ५ सभापतिसहित ९२ जना चुनावी मैदानमा


0
Shares

पोखरा, मंसिर १० । नेपाली कांग्रेस कास्कीमा ५ सभापतिमा सहित ९२ जना चुनावी मैदानमा छन् ।

सभापतिका लागी आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरीराज गौतम, पोषनाथ शर्मा र सुदीपमोहन भट्टराईले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारनै उम्मेदवारको मनोनयन दर्ता भएपछि शुक्रबार बिहान ८ बजेबाट मतदान शुरु भएको हो । मतदान पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा जारी रहेको छ ।
वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु मतदाता रहेका छन् । कास्कीमा २ हजारको संख्यामा मतदाता छन् ।

सभापतिका दाबेदारमध्ये आइबहादुर गुरुङ, वर्तमान उपसभापति, सुदीपमोहन भट्टराई, सचिव र पोषनाथ शर्मा पूर्वसचिव हुन् । किशोरदत्त बराल र गिरीराज गौतम कास्की १ बाट महाधिवेशन प्रतिनिधिमा बिजयी भएका हुन् ।