३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने : प्रधानमन्त्री देउवा


0
Shares

काठमाडौं, मंसिर १० । अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।

शुक्रबारबाट सुरु भएको नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रमा शुभकामना मन्तब्य दिनुहुँदै प्रधानमन्त्री देउवाले अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने बताउनुभएको हो ।

नेकपा एमालेले सरकारका विविध विधान अनुसार थिती बसाल्ने काममा साथ दिनुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्री देउवाले अध्यक्ष ओली र आफू जेलमेट भएको बताउँदै त्यो बेला भोगेको दुःखलाई ध्यानमा राखेर अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत हरेक समस्याको समाधान निकाल्न सकिने बताउनुभयो ।

उहाँले कोभिड १९ ले आक्रान्त भएको बेला सबै जनतालाई कोरोनाबिरुद्धको खोप पुर्‍याउनु आफ्नो पहिलो लक्ष्य भएको बताउनुभयो । सबैको सहयोगबाट संसद भित्र प्रतिनिधित्व गर्ने र संसद बाहिरका राजनीतिक दलसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका आधारमा देशलाई अघि बढाउने कुरामा प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।