१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025


२७० संक्रमित थपिँदा ३०२ जना संक्रमणमुक्त


0
Shares

काठमाडौं, मंसिर १० । देशभर पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७० जना संक्रमित थपिएका हुन् ।

गत २४ घण्टामा १० हजार ४४६ जनाको नमुना परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ८२९ जनाको पिसिआर परीक्षण र २६१७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

हाल ७ हजार २८७ जना सक्रिय संक्रमित छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ । शुक्रबार ३०२ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।