३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


७ दलका नेता एउटै मञ्चमा, देउवा र ओलीको ५ महिनापछि भेट


0
Shares

काठमाडौं।नेकपा एमालेको १० औं महाधिवेशनमा देशका प्रमुख राजनीतिक दलका नेताहरुलाई एउट मञ्चबाट संधोधन गर्ने अवसर जुराएको छ ।

शुक्रबार चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा भएको एमालेको महाधिवेशन उद्घाटन स्थलमा ७ दलका नेताहरु सहभागी भएका हुन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एउटै मञ्चबाट एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गरेका हुन् ।

गत असार २८ गते सर्वाेच्च अदालतको आदेशबाट ओली प्रधानमन्त्रीबाट हटेर देउवा प्रधानमन्त्री भएपछि दुवै नेताहरुबीच एउटै मञ्चमा यसरी औपचारिक रुपमा भेटघाट भएको थिएन । देउवा एमालेको महाधिवेशनकै लागि भनेर आजै चितवन पुग्नुभएको थियो । देउवा र ओलीको ५ महिनापछि भेट भएको हो । देउवाले एमाले महाधिवेशनमा सम्बोधन थर्नुभएको थियो ।

त्यसैगरी जसपाका अध्यक्ष यादव र लोसपाका अध्यक्ष ठाकुरलाई पनि एउटैमञ्चमा भेट हुने मौका एमाले महाधिवेशनले दिएको छ । जसपा फुटेर ठाकुरको नेतृत्वमा लोसपा बनेपछि दुवैबीच झण्डै पानी बाराबारको स्थिति रहेको थियो । यादव र ठाकुरले पनि महाधिवेशनमा सम्बोधन गरेका थिए ।

त्यसैगरी माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले पनि सम्बोधन गर्नुभएको थियो । एमाले र माओवादीका नेताको गत फागुन २३ यता एउटै मञ्चमा भेट भएको पहिलो पटक हो । यसै गरी राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि सम्बोधन गर्नुभएको थियो ।

एमालेको १० औ महाधिवेशन आजबाट ३ दिनसम्म चल्नेछ । कहिबेर अघि उद्घाटन सत्रमा संम्बोधन सकिएसँगै सबै राजनीतिक दलका नेता मञ्चबाट बाहिरिएका छन् । नेर्तत्व चयनसँगै एमाले महाधिवेशन मंसिर १२ गते सकिनेछ । नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटनको कार्यक्रम सकिएसँगै बन्दसत्र सौराहमा हुँदैछ ।